Logo

शिक्षा

एसइई परीक्षा नरोक्ने सरकारको निर्णय, अरू परीक्षा र भर्ना नलिन शिक्षामन्त्रीको अपिल



काठमाडौं, ४ फागुन – सरकारले बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्ने निर्णय गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अपिल जारी गरेर पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको भएकाले ढुक्क हुन आग्रह गरेका हुन्।

मन्त्री पोखरेलले परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिँदै परीक्षा नरोकिने बताएका हुन्।

चैत ६ देखि १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल चार लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुँदैछन्। एक हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।

मन्त्री पोखरेलको विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको बताए।

विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान पनि पोखरेलले आग्रह गरेका छन्।

मन्त्री पोखरेलले परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपिल गरेका छन्। उनलले निजी विद्यालयहरुको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिने एक दिनअघि रोक्न अपिल गरेका छन्।

एसइई परीक्षा सुरु हुने दिनको अघिल्लो दिन अर्थात् चैत ५ गते परिक्षा सकिँदैछ। मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न मन्त्री पोखरेलले आग्रह गरेका छन्।

प्रकाशित : ४ चैत्र २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल