कोरोना नियन्त्रणमा खटिने डाक्टर र नर्सलाई १० लाखसम्म उपचार खर्च, ७५ प्रतिशत भत्ता


काठमाडौँ, ३ फागुन – सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणसम्बन्धी काममा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वंयमसेवकहरूलाई १० लाखसम्मको उपचार खर्च दिने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा सोमबार बसेको कोरोना भाइरस रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २५ देखि ७५ प्रतिशतसम्म भत्ता दिने भएको हो।

कर्मचारी सञ्‍चयकोषले आफ्ना सञ्‍चयकर्तालाई घातक रोगको उपचार गर्न प्रदान गर्दै आएको छ।

उपचार खर्च वापतको १० लाखको व्यवस्थालाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका कर्मचारी संक्रमित भएमा उनीहरुलाई उपचार गर्दा लाग्ने खर्च सोही अनुरुप हुने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय बैठकमा भएको छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: