Logo

समाचार

काठमाडौंमा १२० आइसियू र १ हजार आइसोलेटेड बेड बनाउने सरकारको निर्णय



काठमाडौंं, ३ चैत – कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा १ सय २० वटा आइसियू बेड तयार पार्ने निर्णग गरेको छ।

सोमबार बसेको समितिको बैठकले उपत्यका बाहिर १ सय आइसियू बेड तयार पार्ने निर्णय गरेको हो। उपत्यकामा आइसुयी बेड बनाउने अस्पताल पनि सरकारले तोकेको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा आइसियू वेड बनाइने छ।

प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आइसियू बेड तयारी गर्ने निर्णय सरकारले गरेको छ। बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको हो।

कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००–१०० आइसोलेटेड बेड बनाइनेछ।

यस्तै भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाइनेछ।

बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भत्ता दिने, २० हजार थान सेफ्टी किट (पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट), १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिद गर्ने निर्णय भएको छ। स्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत खरिद गर्ने निर्णय भएको छ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुको स्क्यान गर्ने निर्णय गरेको छ।

भारतसँगको सीमा नाकामा कडाई गर्दै यसलाई सीमित संख्यामा झार्न परराष्ट्र मन्त्रालयले भारतसँग समन्वय गर्ने निर्णय भएको छ।

समन्वय समितिको बैठकले कोरोनालाई पनि कडा रोकेको सूचीमा राख्ने निर्णय गरेको छ। यो निर्णयसँगै कोरोना संक्रमणका कारण कुनै व्यक्तिको मृत्यु भयो र उनी सञ्चय कोषका बचतकर्ता रहेमा परिवारले १० लाख रुपैयाँ सहयोग पाउनेछन्।

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल