Logo

शिक्षा

प्राध्यापक सूर्य सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा पुरस्कार स्थापना



लन्डन – प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवअधिकार र विद्यावारिधि सम्बन्धी दुईवटा वार्षिक पुरस्कार स्थापना गरिएको छ।

पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवअधिकार कानूनमा सर्वोत्तम अंक प्राप्त गर्ने व्यक्तिलाई प्रदान गरिनेछ। दोश्रो पुरस्कार कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ।

आफ्नो नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्राध्यापक सुवेदीले प्रसन्नता व्यक्त गरे। यी पुरस्कारले प्राध्यापक सुवेदीले मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चिरकाल पर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ।

प्रा. सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि हासिल गरेका थिए। उनले अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको क्षेत्रमा असाधारण योगदान दिएको भनि गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो।  

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल