Logo

समाचार

प्रधानमन्त्री अ‍ोलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, चिकित्सक भन्छन्- मिर्गौलाले काम गर्न थाल्यो



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । अस्पतालले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै उनको प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको बताएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको जानकारी दिए ।

यस्तै उनलाई आजदेखि तरल र नरम आहार दिन सुरु गरिएको पनि खड्गाले जानकारी दिए ।

यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान दिने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि स्थिर रहेको र उनलाई पनि प्रम ओलीलाई जस्तै तरल र नरम आहार दिन सुरु गरिएको अस्पतालले जानकारी दिएको छ ।

प्रधानमन्त्री अ‍ोलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित : २२ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल