Logo

समाचार

नेपाल विद्यार्थी संघ अध्यक्ष ढुंगानाद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना



काठमाडौं, २१ फागुन – नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल शुरू भएसँगै अध्यक्ष ढुंगानाले ट्वीट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

‘प्रधानमन्त्रीज्यूसँग हाम्रो विमति आफ्नो ठाउँमा छ। तर देशकै प्रधानमन्त्रीको शल्यक्रिया हुँदै गर्दा त्यसप्रति संवेदनशीलता राख्नु र स्वास्थलाभको कामना गर्नु हामी सबैको कर्तव्य हो,’ ढुंगानाले ट्वीटमा भनेका छन्, ‘नेविसंघको तर्फबाट म प्रधानमन्त्री ओलीको को शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अप्रेसन थिएटरमा लगिएको छ। त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको ९ बजे नै अप्रेशन थिएटरमा लैजाने तयारी भए पनि केहि रिर्पोट आउन बाँकी रहेको कारण ढिला भएको हो।

ओलीलाई भान्जी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदैछिन्। मिर्गौला प्रत्यारोपणको अस्पतालमा नियमित प्रत्यारोपण गर्दै आएका विशेषज्ञको टोली खटिनेछन्। टोलीको नेतृत्व डा. प्रेम ज्ञवालीले गर्नेछन्।

डा. ज्ञवाली नेतृत्वको टोलीमा डा. उत्तम शर्मा, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. भोजराज लुइँटेल र डा. सुजित पौडेल रहनेछन्।

शल्यक्रिया टोलीको पर्यवेक्षकका रूपमा एपोलो अस्पतालमा पहिलोपटक ओलीको मिर्गौला प्रत्यारोपण गर्ने हाल म्याक्स अस्पतालमा कार्यरत सर्जन डा. अनन्तकुमार रहनेछन्।

प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: