Logo

खेलकुद

एसिया ११ मा सन्दीप लामिछाने, वर्ल्ड ११ सँग दुई म्याच खेल्ने



काठमाडौँ – बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले वर्ल्ड ११ र एसिया ११ बीच दुई टी–२० म्याच आयोजना गर्ने भएको छ। बंगलादेशका संस्थापक शेख मुजीव उर-रहमानको १०० औं जन्मजयन्तीको अवसरमा मार्चमा यो खेल गर्न लागिएको हो।

टी–२० फेन्चाइज लिगमा सन्दीप लामिछाने नेपालका ग्लोबर स्टार हुन्। यस्तै केएल राहुल, शिखर धवन, तमिम इकवाल, लिटोन दास, ऋषभ पन्त, मुस्फिकर रहिम, थिसरा परेरा, रासिद खान, मास्तफिजुर रहमान, लासिथ मालिंगा, मोहम्मद सामी, कुलदिप यादव र मुजिर उर रहमान टोलीमा परेका छन्।

दुवै टिममा उपलब्ध उत्कृष्ट क्रिकेटरहरुलाई राखिएको बीसीबीका अध्यक्ष नज्मुल हरसले बताए। विराट कोहली कप्तान रहेको एसिया ११ मा नेपालका सन्दीप लामिछाने पनि परेका छन्।

यस्तै क्रिस गेल, रोज टेलर लगायतका क्रिकेटरहरु रहेको वर्ल्ड ११ को कप्तान भने फाफ डुप्लेसिस छन्।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल