Logo

शिक्षा

३९ हजार शिक्षक चैतभित्रै नियुक्त गरिने, शैक्षिक गुणस्तर बढाउन शिक्षामन्त्रीको यस्तो अपिल



गिरिराजमणि पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री।

काठमाडौँ, १० फागुन – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै सामुदायिक विद्यालयमा चैतभित्रै अपुग शिक्षक नियुक्त गरिसकिने जानकारी गराएका छन्।

काठमाडौंमा शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले हाल रिक्त रहेका ३९ हजार शिक्षक एक महिनाभित्रै नियुक्त गर्ने बताएका हुन्। पोखरेलका अनुसार रिक्त दरबन्दी स्थानीय तहमार्फत् पूर्ति गरिनेछ।

शिक्षकहरूलाई आफ्ना छोराछोरी आफूले पढाउने विद्यालयमै पढाउन पोखरेलले आग्रह गरेका छन्। शिक्षकहरूले आफ्ना बच्चालाई आफूले पढाउने विद्यालयमा नपढाएकामा उनको गुनासो छ।

‘शिक्षकले आफ्ना बालबालिका आफूले पढाउने विद्यालयमा ल्याउने हो भने शिक्षाको गुणस्तर बढ्छ,’ पोखरेलले भने। उनले विद्यालय तहबाट गणित विषय नहटाइएको उल्लेख गर्दै कक्षा १० सम्म अनिवार्य गरिएको बताएका छन्।

प्रकाशित : १० फाल्गुन २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल