
काठमाडौं, १० फागुन – राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ नेपालले आगामी २०७७ वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
राष्ट्रिय सम्मेलनको आयोजनाका लागि पत्रकार उदय जीएमको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ। संघका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा रुपन्देहीको बुटवलमा शनिबार सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।
बैठकले श्यामलाल पोखरेल सचिव र विनोद पौडेल कोषाध्यक्ष रहेको आयोजक समिति बनाएको उपाध्यक्ष रिजालले जानकारी दिएका हुन्।
दाङबाट पत्रकारिताको शुरू गरेका जीएम अहिले काठमाडौंबाट सञ्चालित दैनिक अनलाइनको प्रधानसम्पादकको जिम्मेवारीमा कार्यरत छन्।
पत्रकार जिएमसँग नयाँ युगबोध दैनिक, अन्नपूर्ण पोष्ट, सगरमाथा टिभी, इ–हुलाकी अनलाइन लगायतका सञ्चारमाध्याममा काम गरेको अनुभव छ।
प्रगतिशील पत्रकार संघको महासचिवको जिम्मेवारीमा दुई कार्यकाल काम गरेका जिएम अहिले नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव हुन्।
१९ सदस्यीय आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउँले, माधव भाट, प्रज्ज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरी, विद्यानाथ अधिकारी र गोपाल बराइली रहेका छन्।
त्यस्तै, सदस्यहरुमा भाषा शर्मा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, श्याम घिमिरे, प्रकाश थापा, शुक्र भण्डारी र जुमानसिंह केसी रहेका छन्।
आउँदो चैत ६ गते काठमाडौंमा आयोजक समितिको बैठक बसी सम्मेलनको मिति र समय टुंगो लाग्ने अध्यक्ष जीएमले बताएका छन्।
संघका अध्यक्ष नारायण शर्माले राजीनामा दिएपछि बैठकले नयाँ आयोजक समिति चयन गरिको जानकारी रिजालले दिएका छन्।
प्रतिक्रिया