Logo

राजनीति

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान, द्वन्द्वकालीन मुद्दा निरुपणमा पूर्ण प्रतिबद्धता दोहोर्‍याइने



काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा गएका छन्। यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति जेनेभा प्रस्थान गरेका हुन्।

जेनेभा प्रस्थान गर्नुअघि राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै मन्त्री ज्ञवालीले द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालको पूर्ण प्रतिबद्धता दोहोर्‍याइने जानकारी दिएका छन्।

यो वर्ष बालअधिकारसम्बन्धी सन्धि भएको २५औं वार्षिकोत्सवका सन्दर्भमा नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवर्द्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारीसमेत गराउने मन्त्री ज्ञवालीले बताएका छन् ।

जेनेभा रहँदा मन्त्री ज्ञवालीले त्यहाँस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता पनि गर्ने छन्।

मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही फागुन १६ गते स्वदेश फर्किने छ। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी छन् ।

प्रकाशित : १० फाल्गुन २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल