Logo

खेलकुद

कतार राष्ट्रिय खेलकुद दिवसमा फुटबल, ब्रिटिश राजदूताबासले उचाल्यो विजेताको ट्रफी



काठमाडौं – कतार राज्यको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदूताबासले फुटबल खेल प्रतियोगिताको आयोजना गरेको छ।

मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटबल खेल प्रतियोगितामा कतार राजदूताबास नेपाल लगायत ८ वटा टिमको सहभागिता रहेको थियो।

लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए।

कतार राजदूताबास, कतार च्यारिटी, रसियन राजदूताबास नेपाल, ब्रिटिश राजदूताबास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनल प्रवेश गरेका थिए।

सेमिफाइनल राउण्डमा कतार राजदूताबास ब्रिटिश राजदूताबाससँग पराजित भएको थियो। कतार च्यारिटी रसियन राजदूवाससँग पराजित भएको थियो।

हरेक खेललाई ३० मिनेटको अवधि तोकिएको भएपनि खेल अत्यन्त रोमाञ्चकारी भएको थियो। कतार च्यारिटी र रसियन राजदूताबास बीचको खेलमा दुवै टिमलाई खेल आफ्ने पक्षमा पार्न हम्मेहम्मे परेको थियो।

धेरै समयको रस्साकस्सीपछि पेनाल्टी शुटआउटमा रसियाले एक गोलका विरूद्ध २ गेल गरेर खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो।

फाइलनमा बिटिश राजदूताबास र रसियन राजदूतावास बीचको खेल पनि अत्यन्तै रोमाञ्चकारी थियो। ३० मिनेटको खेलमा व्रिटिश राजदूतावासले रसियन राजदुतावासलाई ३ गोलका विरूद्द ६ गोल गरी पराजित गरेको थियो।

विजयसँगै ब्रिटिश टिमले मेडलसँगै ट्रफी प्राप्त गर्‍यो। रसियन टिमका खेलाडीले मेडल प्राप्त गरेका छन्।

प्रकाशित : १ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल