Logo

समाचार

प्रेस युनियन काठमाडौं अध्यक्षमा जगन्‍नाथ दुलाल विजयी



जगन्‍नाथ दुलाल

काठमाडौं – नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा पत्रकार जगन्‍नाथ दुलाल विजयी भएका छन्।

राजधानीमा मंगलबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पत्रकार दुलाल निर्वाचित भएका हुन्। उनले दुई सय ८५ मत प्राप्त गरेका छन्।

अध्यक्षका अर्का प्रतिस्पर्धी महेश्वर गौतमले एक सय ९३ मत प्राप्त गरेका छन्।

अध्यक्ष पद बाहेक अरू सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष अच्युत रेग्मी, सचिव अक्कल कुँवर, सहसचिवमा सञ्चिता खनाल, कोषाध्यक्षमा निरज तामाङ चयन भएका छन्।

नवनिर्वाचित दुलाल प्रेस युनियन काठमाडौं जिल्ला सचिव, बाग्मती अञ्चल सचिव रहिसकेका बाह्रखरी डटकममा कार्यरत छन्।

हिमालय टेलिभिजन, माउन्टेन टेलिभिजन, कारोबार दैनिक लगायतमा काम गरिसकेका दुलाल एक दशकयता पत्रकारितामा संलग्न छन्।

प्रकाशित : २८ माघ २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल