Logo

समाचार

‘आर्थिक समृद्धिको नेतृत्व युवालाई दिनुपर्छ, नेपाललाई प्रविधियुक्त विश्वसँग जोड्नैपर्छ’



काठमाडौं – सामाजिक उत्तरदायित्व र नेतृत्वको विकासको लक्ष्य बोकेकी सावित्री ढुंगानामा परिवर्तित विश्वको आर्थिक विकास र समृद्धिसँग नेपाललाई जोड्नुपर्ने दिन्छिन्।

जेसीज अभियानसँग जोडिनुभन्दा अगाडि नै ढुंगानाले युवालाई राज्यको मूल प्रवाहमा ल्याउनु पर्नेमा जोड दिँदै आएकी छिन्। ‘नेपाली समाज अहिले नयाँ चरणमा प्रवेश गर्दैछ, त्यसैले अब युवालाई नेतृत्व दिनुपर्छ,’ उनले भनिन्, ‘नेपाललाई परिवर्तित र प्रविधियुक्त विश्वसँग जोड्नुपर्छ।’

युवाले नेतृत्वमा पुग्ने गरी काम गर्नुपर्ने र त्यही अनुसारको मनस्थिति निर्माण गर्नुपर्ने ढुंगाना बताउँछिन्। ‘अघिल्लो वर्ष मैले इमाडोल जेसीजको नेतृत्व गरेँ, अहिले नयाँ साथीले नेतृत्व लिनुभयो, यसरी नेतृत्व विकासको प्रक्रियाले संस्थालाई मात्रै होइन, देशलाई नै ट्रान्सपरेन्ट र गतिशील बनाउन सक्छ,’ उनले भनिन्।

इमाडोल जेसीजमा नयाँ नेतृत्व

इमाडोल जेसीजको नवौं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। सन् २०१९ की अध्यक्ष सावित्री ढुङ्गानाले २०२० का अध्यक्ष सोनितराज ढुङ्गेललाई पद हस्तान्तरण गरेकी हुन्।

पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष ढुंगानाले नयाँ नेतृत्वबाट इमाडोल जेसीजले अब झन तीव्र रुपमा सामाजिक सेवा र निर्धारित काम गर्न सफल हुने विश्वास व्यक्त गर्ने बताएकी छिन्।

साधारणसभाबाट कार्यकारीणी उपाध्यक्षमा कृति भट्टराई र इच्छा गुरुङ निर्वाचित भएकी छिन्। उपाध्यक्षमा सञ्जु कुइँकेल, कृपा तिवारी, सुमी ढुंगाना, मेनुका बस्नेत निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष ढुङ्गेलले कानूनी सल्लाहकारमा राजु सुवेदी, महासचिवमा सुदन थापा, कोषाध्यक्षमा बिना दाहाल, तालिम संयोजकमा प्रकाश आचार्यलाई अध्यक्ष ढुंगेलले मनोनित गरेका छन्।

शाखा अध्यक्ष सावित्रा ढुङ्गानाको सभापतित्व तथा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा गरिएको उक्त कार्यक्रममा नेपाल जेसीसमा पूर्व अध्यक्ष राजु केसी, एरिया ‘सी’का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गोकुल सापकोटा, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शोभा खरेल, एरिया ‘सी’का राष्ट्रिय उपाध्यक्ष शिवप्रसाद भुसाल, राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल, राष्ट्रिय उपाध्यक्ष रामबहादुर बोगटी, मातृशाखा सीतापाइला जेसीसका अध्यक्ष अभिषेक दुलाल, वडाअध्यक्ष लक्ष्मण रोका लगायत जेसीससँग सरोकार राख्नेहरू उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेल, समाजसेवी गौरीदेवी ढुंगाना, पूर्व कार्यकारिणी उपाध्यक्ष विकास मानन्धर, पूर्व कार्यकारिणी उपाध्यक्ष अमिश ढकाललाई सम्मान गरिएको थियो।

कार्यक्रममा २०१९ की अध्यक्ष सावित्री ढुंगानाले २०२० नवनिर्वाचित अध्यक्ष सोनितराज ढुंगेललाई सपथ ग्रहणसँगै जेसीज चेन हस्तान्तरण गरेकी थिइन्।

प्रकाशित : २४ माघ २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल