Logo

मनोरञ्जन

‘…तर, अन्तिमपल्ट भेट्न आउ’का गायक डम्बर नेपालीको ‘स्वीटर फाटेको’ (हेनुहोस् भिडियो)



काठमाडौं – चर्चित गायक डम्बर नेपाली नयाँ गीत ‘स्वीटर फाटेको’ भिडियो प्रिमियर भएको छ। अनामनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो।

गायक नेपालीकै शब्द र संगीत रहेको गीतको भिडियो निर्देशन प्रवीण भट्टले गरेका हुन्। भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय गरेका छन्। डम्बर नै भिडियोमा मुख्य भुमिकामा देखिएका छन्।

ग्रामीण परिवेशको माया अनि आर्थिक विपन्नताको पीडालाई गीतमा मुख्य रुपमा उतारिएको गायक डम्बरले बताए। ‘आफ्नो प्रेमिकाको छेउमा कसलाई ‘टिपटप’ बनेर हिँड्न मन लाग्दैन र!,’ गायक डम्बरले भने, ‘तर, प्रेमिकालाई भेट्न स्वीटर च्यातिएर समस्या भएका समस्या भएको कुरा उल्लेख गरिएको छ।’

लामो समयदेखि नेपाली सांगीतिक यात्रामा अनवरत रुपमा लागिरहेका नेपालीले ‘स्वीटर फाटेको’बाट आशावादी भएको बताए। गायक नेपालीको ‘मेरो जीवनबाट जाने भए जाउ, तर अन्तिमपल्ट भेट्न आउ’ बोलको गीतले छिन्नलता पुरस्कार पाएको थियो।

प्रकाशित : १५ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: