Logo

राजनीति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र समाजवादी पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य



काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र समाजवादी पार्टीबीच सहकार्यबीच हुने भएको छ। बिहीबार हुने निर्वाचनमा दुई पार्टीले सहकार्य गर्ने निर्णय गरेका हुन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश एकका संसदीय दलका नेता विष्णु तुम्बाहाम्फे र समाजवादी पार्टी प्रदेश एकका संसदीय दलका नेता जयराम यादवले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्।

‘विभिन्न आन्दोलनहरूबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न र बाँकी रहेका प्रादेशिक पहिचानका लागि दश प्लस एक र अधिकार लगायतका मागहरू समेत प्राप्तिका लागि २०७६ माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा दुई दल मिलेर जाने निर्णय भयो,’ निर्णयमा भनिएको छ।

यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले एक विज्ञप्ति जारी गरी पहिचानको आधारमा प्रस्ताव गरिएको १० प्लस १ प्रान्तको मागलाई आगामी संसदीय अधिवेशनमा संयुक्त रुपमा उठाएर अघि बढ्ने निर्णय भएको जानकारी गराएका छन्।

‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र समाजवादी पार्टीबीच प्रदेश नम्बर १ को संसदीय दलमा सहमति भएकाले प्रदेश नम्बर १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रतिनिधित्व गर्नु हुने सांसद विष्णु तुम्बाहाम्फे राईले माघ ९ गते सम्पन्न हुने राष्ट्रिय सभाको चुनावमा समाजवादी पार्टीका उम्मेदवारसँग सहकार्य गरी मतदान गर्नु हुनेछ भनि सम्बन्धित सबैमा जानकारी गराउँछौँ,’ अध्यक्ष लिङदेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : ९ माघ २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल