Logo

राजनीति

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न नेविसंघको माग, अनेरास्ववियूलाई दियो चुनौती



काठमाडौं – नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविधालय समिति केन्द्रीय क्याम्पस कीर्तिपुरले आयोजना गरेको उपत्यकास्तरीय स्ववियु निर्वाचन तयारी छलफलले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ।

उपत्यकास्तरीय तयारी छलफलले विभिन्न क्याम्पसको अवस्था बुझ्दै ४ बुँदे निर्णय गरेको छ। नेविसंघ विश्वविधालय सचिव योगेन्द्र रावलका अनुसार त्रिभुवन विश्वविधालय कार्यकारी परिषदले फाल्गुन १४ गते गर्ने स्ववियु निर्वाचनलाई यो बैठक स्वागत गर्दै अविलम्व स्ववियु निर्वाचन कार्यतालिका माग्ने निर्णय गरेको हो।

विश्वविधालय अध्यक्ष हरि आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले सम्पूर्ण शक्ति स्ववियु निर्वाचनमा होमिने, देशभरका नेविसंघ सम्बद्ध विद्यार्थीहरुलाई क्याम्पस–क्याम्पसमा जुट्न अपिल गर्ने निर्णय गरेको छ।

‘मातृपार्टी नेपाली कांग्रेसलाई स्ववियु निर्वाचन सम्पन्न गर्न सहजताको निम्ति अविलम्व तदर्थ केन्द्रीय समिति गठन गर्न माग गर्ने निर्णय भएको छ,’ उनले भने।

नेविसंघलाई स्ववियु निर्वाचन जिताउन देशव्यापी रणनीतिक अभियान सञ्चालन गर्ने निर्णय भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व सहमहामन्त्री बलदेव तिमिल्सिनाले स्ववियु निर्वाचन अपरिहार्य उल्लेख गर्दै सम्पूर्ण रुपमा सहयोग गर्ने बताए।

विद्यार्थी नेता विपिन अधिकारीले स्ववियु निर्वाचन को गरिमा बुझ्न सबैलाई आग्रह गरेका छन्। पूर्व केन्द्रीय सदस्य सुशील भट्टले स्ववियु निर्वाचन सम्पन्न गर्न जस्तोसुकै मूल्य चुकाउन परे पनि पछि नहट्ने बताए।

स्ववियु निर्वाचन केन्द्रित कार्यक्रमहरु लिएर देशभरि नै स्ववियु हुने क्याम्पसहरुमा नेवि संघ अगाडि बढ्ने भट्टले बताएका छन्।

अर्का केन्द्रीय सदस्य रत्नहरि ढुङ्गेलले स्वबियु निर्वाचनलाई ऐतिहासिक पर्वका रुपमा लिने बताए। स्ववियु निर्वाचन कार्यतालिका चाडोभन्दा चाडो ल्याउन दवाव दिनुको विकल्प नरहेको नेवि संघका नेता निरञ्जन थापाले बताए।

त्रिभुवन विश्वविधालय समिति सचिव योगेन्द्र रावलले नेवि संघले जीतको शुरुवात त्रिभुवन विश्वविद्यालयबाटै गर्ने उद्घोष गर्दै ९५ प्रतिशत क्याम्पस जित्ने निर्णय गरेको अनेरास्ववियुलाई त्रिभुवन विश्वविधालय जितेर देखाउन चुनौती दिए।

छलफल कार्यक्रममा धादिङ जिल्ला अध्यक्ष ईश्वर अधिकारी, कुमार दुलाल, शशांकश्री न्यौपाने, सुवास घिमिरे लगायत को उपस्थिति थियो।

उपत्यकाभित्र र बहिरका इकाई अध्यक्ष एवम् पदाधिकारीको सहभागिता रहेको थियो। त्यस्तै त्रिचन्द्र क्याम्पसबाट दिनेश शाही, शंकरदेव क्याम्पसबाट दीपक ओझा, महेन्द्ररत्न क्याम्पसबाट कमल पन्त, ग्रामीण क्याम्पसबाट सन्तोष गुरुङ, किरण भट्टराई, प्रवीण गुरुङ, पद्मकन्या क्याम्पसबाट शैलेजा पुन, नेपाल ल क्याम्पसबाट हृदयराज मिश्र, विश्वभाषा क्याम्पसबाट रञ्जीत ओली, आयुर्वेद क्याम्पसबाट नरेश इटली, विष्णु चापागाईं, नेपाल कमर्श क्याम्पस बानेश्वरबाट विष्णुहरि खड्का, रुपन्देही हरैया क्याम्पस स्ववियु सभापति प्रकाश पौडेल, डोटी बहुमुखी क्याम्पस स्ववियु सभापति बालकृष्ण साउद, चौतारा बहुमुखी क्याम्पस अध्यक्ष अनिल सापकोटा, रौतहट बहुमुखी क्याम्पस स्ववियु सचिव सन्तोष जैसवाल, फूलबारी बहुमुखी क्याम्पस कैलालीबाट हिक्मत गिरी, भीम खतिवडा, धादिङ बहुमुखी क्याम्पसबाट महेन्द्र तामाङ, त्रिवि उपाध्यक्ष रोहन महतरा, लक्ष्मी खनाल, अनोज कार्की लगायत नेताहरुको उपस्थिति थियो।

प्रकाशित : ४ माघ २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल