Logo

राजनीति

सञ्चारमन्त्री बास्कोटाको प्रष्टोक्ति, ‘चन्द समूहका हिंसात्मक गतिविधि सैह्य हुँदैन’



काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका हिंसात्मक गतिविधि सहन नसकिने प्रष्ट पारेका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै आयोजित पत्रकार सम्मेलनमा बास्कोटाले चन्द समूहका गतिविधिलाई आतंकवादी क्रियाकलापको संज्ञा दिएका हुन्।

‘सरकारले उक्त जग्गाको छानबिन गरिरहेको छ, लुकेर हमला गर्दा त्यसले राम्रो गर्दैन, हामीले भनेको पुष्टि भयो, सरकारले टावरमा हान भनेको छैन, जनताको सम्पतिमा आक्रमण गरिएको छ,’ बास्कोटाले भने, ‘सरकार यस विषयमा सहनशील हुनै सक्दैन, झण्डा गाडेर केही हुँदैन, सरकार यस्ता घटनामा खेद प्रकट गर्छ।’

चन्द समूहले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बुधबार बम विस्फोट गराएको थियो।

चन्द नेतृत्वको समूहलाई राजनीतिक प्रक्रियामा आउन यसअघि नै आग्रह गरिएको प्रष्ट पारे। ‘हामीले उहाँहरूलाई राजनीतिक प्रक्रियामा आउन आग्रह गरेकै हो तर मान्नभएको छैन, यस्ता गतिविधि गरिरहेको सरकारले आवश्यक कारबाही गर्न बाध्य हुन्छ,’ उनले भने।

प्रकाशित : ३ माघ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: