Logo

राजनीति

सञ्चारमन्त्री बास्कोटा र कानूनमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी



सञ्चारमन्त्री बास्कोटा र कानूनमन्त्री ढकाल।

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार मन्त्री ढकाललाई कानून तथा संसदीय मामिला र बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थप गरेकी हुन्।

गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री ओलीले रोकेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै दुई मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्दै आएका थिए।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान बमोजिम ढकाल र बास्कोटालाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रकाशित : २५ पुस २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल