Logo

शिक्षा

जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीमाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन



काठमाडौं – जवाहरलाल नेहरु विश्वविद्यालयमा (जेएनयू) का भूतपूर्व विद्यार्थी, नागरिक समाज र सर्वसाधारणहरुले आइतबार दिल्लीस्थित क्याम्पसमा भएको घटनाको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

माइतीघरमा मण्डलामा सोमबार प्रदर्शन गर्दै उनीहरुले जेएनयूका विद्यार्थी तथा शिक्षकहरुको मागमा ऐक्यवद्धता व्यक्त गरेका हुन्।

लेखक एवम् जेएनयूका पूर्व विद्यार्थी उज्ज्वल प्रसाईंले जेएनयूका विद्यार्थीहरुमाथि आक्रमणको विरोध तथा निन्दा गरिएको जानकारी दिएका छन्।

जेएनयूका भुतपूर्व विद्यार्थी तथा युवानेतृ मानुषी यमी भट्टराईले भारतमा लोकतन्त्रका लागि फाँसीवादको विरुद्धमा विद्यार्थीहरुले गरिएको संघर्षमा ऐक्यवद्धता जनाउनका निम्ति जम्मा भएको बताइन्।

‘जेएनयूका विद्यार्थीलाई म सलाम गर्छु, उहाँहरु थाक्नुभएको छैन, दमनका विरुद्धमा जहिल्यै पनि लागिरहनुभएको छ, नेपालमा पनि लोकतन्त्र खतरामा पर्नु, यसलाई कमजोर पार्ने षड्यन्त्र बढ्दो छ, हाम्रा शैक्षिक संस्थाहरु पनि शैक्षिक माफियाहरुले निजीकरण गर्दै कमजोर पारेका छन्,’ उनले भनिन्।

जेएनयूका विद्यार्थीको समर्थनमा त्रिविका विद्यार्थीहरुले पनि मंगलबार कीर्तिपुरमा २ बजेदेखि प्रदर्शन गर्ने भएका छन्। आइतबार साँझ दिल्लीस्थित जेएनयूका विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको थियो। आक्रमणमा जेएनयू विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसहित दर्जनौँ विद्यार्थी र शिक्षक घाइते भएका छन्।

प्रकाशित : २१ पुस २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल