Logo

भारत

योगराज पौड्याललाई दोस्रो जनकल्याण विशिष्ट सम्मान



राजु भण्डारी, कालेबुङ – समाजसेवी योगराज पौड्याललाई दोश्रो जनकल्याण विशिष्ट सम्मानले सम्मानित गरिएको छ। कालेबुङमा सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहँदै आएका पौड्याललाई उक्त सम्मान प्रदान गरिएको हो।

फुटपाथ पसल हुँदै पुस्तक पसल सञ्चालन गरी पछिल्लो समय विभिन्न ठाउँमा पसल बसाउन सक्षम सफल व्यवसायी पौड्याल मेहनत गरे आफ्नै ठाउँमा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्ने उदाहरणीय व्यक्तित्व हुन्।

आज कालेबुङ लोवर बोङवस्तीस्थित जनकल्याण ट्रस्टको वार्षिक कार्यक्रमबीच पौड्याललाई मुख्य अतिथिले खदा, दोसल्ला पहिरार्इ, सम्मानपत्र, स्मृति चिह्न प्रदान गरी उक्त सम्मानले विभुषित गरियो।

कार्यक्रममा सामाजिक संस्था मणि ट्रस्टका संस्थापक अध्यक्ष सुवासमणि सिंह मुख्य अतिथिका रूपमा उपस्थित थिए। राजनितिज्ञ तथा समाजसेवक भुवन पी. खनाल, पहिलो जनकल्याण विशिष्ट सम्मान प्रापक तथा ब्राइट लाइफ एकाडेमीका प्राचार्य टीबी बस्नेत, शिक्षक सुरजमणि प्रधान विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा गत वर्ष सिक्किम विश्वविद्यालयबाट वाणिज्य सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा स्वर्ण पदक प्राप्त गर्ने अनि गत दिसम्बर महिनामा नेशनल इलिजिबिलिटी टेस्ट उतीर्ण गर्ने ट्रस्ट कि सदस्य नितिशा भण्डारीलाई खदा, दोसल्ला पहिराइ, संवर्द्धनापत्र प्रदान गरिएको छ।

प्रकाशित : २१ पुस २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल