Logo

राजनीति

‘सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे कांग्रेस चुप लागेर बस्दैन’



डा. प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

अन्तरपार्टी महिला सञ्जालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महतले अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित अभिव्यक्ति स्वतन्त्रताको अधिकार कांग्रेसले लडेर ल्याएको उनले दाबी गरेका हुन्।

महतले महिलालाई अधिकार दिने कुरामा कांग्रेसजति संवेदनशील अरु पार्टी नभएको बताउँदै आफ्नो पार्टीले महिलाको अधिकार स्थापित गर्ने सवालमा धेरै काम गरेका बताए।

महतले विश्वकै नमूना देश भनेर चिनिने स्वीट्जरल्याण्डले ५० वर्षअघिसम्म पनि महिलालाई मतदान गर्ने अधिकार नदिएको प्रसंग निकाल्दै नेपाल त्यो अवस्थाबाट कहिल्यै नगुज्रिएको बताए।

प्रकाशित : १८ पुस २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: