Logo

मनोरञ्जन

भक्तपुरका पहिचान समेटिएको गीत निर्माण, भिडियोमा राष्ट्रका ख्याती प्राप्त कलाकारहरू



भक्तपुर – भक्तपुरको सांस्कृतिक पहिचान समेटेर गीत निर्माण गरिँदैछ। भक्तपुर सम्बन्धी विशेष गीतको छायाङ्कन भक्तपुरको पाँचतल्ले मन्दिर परिसरमा गरिएको हो।

भक्तपुरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाहरूलाई झल्काउँदै भ्रमण वर्ष २०२० लाई सार्थक बनाउन यो गीतलाई उपयोगी हुने विश्वास गायक तथा संयोजक कपिल कसपालको छ।

विश्वभरिका पर्यटकलाई बुझ्न सजिलो होस् भन्ने उद्देश्यले भिडियोमा गीतको शब्दलाई अंग्रेजीमा सबटाइट स्क्रोलिङ गरेर देखाइने छ। पाँच मिनेटको गीत हेर्दा भक्तपुरका सम्पूर्ण कला, भाषा, साहित्य, परम्परा, रीतिरिवाजसहित वस्तुस्थितिको जानकारी प्राप्त गर्न सकिने छ।

चर्चित कलाकार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) ले गीत लेखेका हुन्। संगीत बिबि अनुरागीको रहेको छ। गीतको अडियो व्यवस्थापन पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकले गरेका हुन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा योगदान दिएका वरिष्ठ सस्कृतिविद तेजेस्वरबाबु ग्वङ, वरिष्ठ संगीतकार दीपक जंगम, कलाकार हरिबहादुर थापा, गीतकार सुवासचन्द्र ढुंगेल लगायतलाई गीतको भिडियोमा समेटिएको छ।

चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, उपमेयर बिना बास्तोला, मध्यपुरठिमी नगरपालिकाकी उप मेयर अञ्जनादेवी मधिकर्मीसहित जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल तथा भक्तपुरका कलाकारहरु पनि देख्न सकिनेछ।

भक्तपुर विशेष गीतको निर्देशन गम्भीर विष्टले गरेका हुन्। गीतमा ५ दर्जनभन्दा बढी नृत्य कलाकारलाई प्रस्तुति रहेको छ। भक्तपुरका सम्पूर्ण भेषभुषा, परम्परा, रीतिरिवाजलाई एउटै फ्रेमभित्र अटाइएको छ।

प्रकाशित : ११ पुस २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल