Logo

मनोरञ्जन

सलमान खानको जन्मदिनका बिइङ ह्युमनको विशेष स्किम, नेपाली ग्राहकलाई यस्तो अफर



काठमाडौं – बलिउड सुपरस्टार सलमान खानको जन्मदिनमा बिइङ ह्युमन क्लोथिङ नेपालले विशेष स्किम सार्वजनिक गरेको छ। सलमानले सञ्चालन गरेको बिइङ ह्युमन फाउण्डेशन मातहत सञ्चालित बिइङ ह्युमन क्लोथिङ नेपालले सलमानका ‘फ्यान’हरुलाई लक्षित गरेर विशेष स्किम निकालेको हो।

बिइङ ह्युमन क्लोथिङको नेपालस्थित आधिकारीक बिक्रेता वस्त्र इन्कले आफ्नो फेसबुक पेजमार्फत यसको जानकारी दिएको हो। स्किमअनुसार सलमानको जन्मदिन अर्थात् डिसेम्बर २७ तारिखसम्म बिइङ ह्युमन ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्दा सलमानको फिल्म दबगं–३ को एउटा टिकट र ‘बिइङ दबगं’ लेखिएको टि–सर्ट उपहार पाइनेछ।

‘सलमानको जन्मदिन भव्य रुपमा मनाउने तयारी गरिरहेका छौँ,’ बिइङ ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलले भने, ‘त्यस दिनको लागि भनेर एउटा सिनेमा हल नै बुक गरिसकेका छौँ।’ त्यस दिन ‘वर्थ डे केक’ काटिसकेर सामुहिक रुपमा सलमान खानको सिनेमा हेर्न लगिने उनले जानकारी दिए।

बिइङ ह्युमनका अर्का सञ्चालक सुरज केसीका अनुसार सलमानको जन्मदिनको अवसर पारेर नेपालमा रहेका उनका फ्यानहरुलाई एक ठाँउमा जमघट गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले भने, ‘हामीले बलिउड सुपर स्टार होइन, एउटा ठूलो परोपकारी संस्था, बिइङ ह्युमन फाउण्डेशनका संस्थापकको जन्मदिन मनाउन लागेका हौँ।’

यसै अवसरमा बिइङ ह्युमन ब्राण्डको बिइङ ह्युमन ई–साइकल पनि सार्वजनिक गरिने सञ्चालक राजु थापा क्षेत्रीले जानकारी दिए। ‘१ सयभन्दा बढी अग्रिम बुकिङ भएको ई–साइकल पनि हामी सलमानको जन्मदिनको अवसरमा नै सार्वजनिक गर्दैछौँ,’ उनले भने।

बिइङ ह्युमन फाउण्डेशनले बिइङ ह्युमन ब्राण्डका सामग्रिहरु बिक्री गरेवापत हुने आम्दानीको एउटा निश्चित हिस्सा परोपकारका लागि छुट्याउँदै आएको छ।

प्रकाशित : १० पुस २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल