Logo

खेलकुद

नेपालद्वारा भुटान ४-० गोल अन्तरले पराजित



काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई ४-० को गोल अन्तरले पराजित गरकेो हो ।


दशरथ रंगशालामा भएको मंगलबार भएको खेलमा जित निकाल्दै नेपालले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा नेपालले भुटान विरुद्ध ३ गोल थपेको थियो।

नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेट मै खाता खोलेका थिए। त्यस्तै ५० औ मिनेटमा सुजल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे।

नले अनन्त तामाङको फ्रिकिकलाई चिप गर्दै गोल गरेका हुन्। ६६ औ मिनेटमा अभिसेक रिजालले तेस्रो गोल गरेका हुन्। त्यस्तै मिक्चेन तामाङले ७७ औं मिनेटमा गोल गरे। उनले फ्रिकिक मार्फत गोल गरेका हुन्।

लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले पहिलो खेल खेलेको हो। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो। 

प्रकाशित : १७ मंसिर २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: