Logo

विज्ञान/प्रविधि

‘एनआरएनए सचिवालयको कमजोरीले मतदान स्थगित, विद्युतीय भोटिङ मेसिनमा समस्या छैन’



नेपालका वैज्ञानिक एवम् भोटिङ मेसिन निर्माता राम लक्ष्मण।

नेपालका वैज्ञानिक एवम् भोटिङ मेसिन निर्माता राम लक्ष्मणले गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनमा मतदान स्थगित हुनुको कारण भोटिङ मेसिन नभएको प्रष्टीकरण दिएका छन्।

भोटिङ मेसिन निर्माता लक्ष्मणले हतारमा गलत नामावली दिएको र दोस्रो पटक सच्याउने क्रममा सचिवालयका कर्मचारीको हड्वडाहटले भोटिङ सुरु नभएको बताएका हुन्।

‘गैरआवासीय नेपाली संघको निर्वाचन यसअघि नै दुई पटक र अरु निर्वाचन ७७ पटक गरिसकेका छौं,’ लक्ष्मणले भने, ‘सचिवालयले अलिकति जिम्मेवारी प्रस्तुत गरेको भए निर्वाचन हिजै सफल हुने थियो।’

लक्ष्मणका अनुसार गैरआवासीय नेपाली संघको सचिवालयले मतदाता नामावली साँझ ६ बजे मात्रै दिएको थियो। पुनः नाम छुटेकाहरुको सूची आएपछि थप ढिलाई भएको उनले बताए।

साढे ८ बजे मतदान सुरु गर्ने भनिए पनि मतदाता नामावलीको विषयमा रहेको अन्यौलले आफूहरुलाई असहयोग भएको उनको तर्क छ।

‘हामीले मतदाता नामावली उपलब्ध भएपछि सबै टेस्टहरु गर्नका लागि ८ घण्टाको समय माग गरेका थियौँ, सम्झौता पनि त्यही अनुरुप भएको छ,’ उनले भने, ‘अन्तिम समयमा मतदान टेस्ट गर्दा पहिलोमै एरर देखिएको हो।’

समस्या देखिए पनि आधा घण्टामै समस्याको समाधान भएको लक्ष्मणले बताए। ‘मेसिन तयार भयो, उम्मेदवारहरुलाई मैले जानकारी गराएँ, तर उहाँहरुले मतदान स्थगित गरिसक्नु भएको रहेछ,’ उनले भने।

लक्ष्मणका अनुसार ३० वटा मेसिनमार्फत भोट गर्ने तयारी गरिएको थियो। ‘बुधबार हाम्रो योजना अनुसार काम गर्न दिएको भए गैरआवासीय नेपाली संघको साख जोगिनसक्ने थियो,’ लक्ष्मणले भने।

उनले गैरआवासीय नेपाली संघको व्यवस्थापकीय पक्षको त्रुटीले विद्युतीय मतदान रोकिएको उल्लेख गर्दै आफूहरुको मेसिनमा कुनै समस्या नरहेको प्रष्ट पारेका छन्।

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र कुमार पन्तले प्रतिस्पर्धा गर्दैछन्। पन्त समूहका उपाध्यक्षका प्रत्यासी एवम् वर्तमान महासचिव बद्री केसीले सचिवालयको दुरुपयोग भएको आरोपमा विभिन्न निकायमा उजुरी परेको छ।

आचार्य पक्षका एक सदस्यले आफूहरूले परिचयपत्र, राहदानी र विदेशमा बसेको प्रमाणका आधारमा मात्रै मतदान गर्न पाउनुपर्ने माग गरेपछि मतदान स्थगित भएको बताएका छन्।



प्रकाशित : १२ मंसिर २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल