Logo

मनोरञ्जन

बिरामी हुँदा–हुँदै पनि सनिशको जोडदार प्रस्तुति, दर्शकलाई गरे यस्तो अपील



काठमाडौं – दी भ्वोइस अफ नेपालमा ब्लाइन्ड राउन्डदेखि नै जोडदार प्रस्तुति दिएर चर्चाको शिखरमा छन् काठमाडौं कोटेश्वरका सनिश श्रेष्ठ।

सनिशको आवाजमा त्यो जादु छ, जसले अहिल्यै लाखौं शुभेच्छुकको माया पाइसकेको छ। उनको सरल स्वभावले अझै धेरै सद्भाव बटुलिसकेको छ।

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको दी भ्वोइस अफ नेपालको लाइभ राउन्ड सुरु भइसकेको छ। र, सनिशको प्रस्तुतिमा अझै निखार आउँदैछ।

स्वास्थ्य समस्या र घाँटीको संक्रमणले ग्रस्त भएपनि शनिबार सनिशको प्रस्तुति जोडदार रह्यो। कोच राजु लामाको टिममा रहेका सनिशको प्रस्तुति कोच एवम् वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल र आस्था राउतले पनि उत्कृष्ट भएको प्रतिक्रिया दिए।

सनिशले आफू बिरामी भएकाले आफूले सोचेजस्तो प्रस्तुति दिन नसकेको प्रष्ट पारे। आगामी राउन्डमा सनिशको जोडदार प्रस्तुति हेर्न पाइने नै छ।

दी भ्वोइस अफ नेपालको सबैभन्दा कान्छो प्रतिस्पर्धी सनिश आफ्नो प्रतिकूल स्वास्थ्य अवस्थाका बावजुद उत्कृष्ट प्रस्तुति दिएर जजहरुको मन जित्न सफल भएका छन्।

तर, लाइभ राउन्ड प्रवेश गरेपछि भोटिङ निर्णायक हुने भएकाले भोट गर्न उनले अपील गरेका छन्। ‘म तपाईहरुको भोट खेर जान दिने छैन, निराश बनाउने छैन, अब अझै राम्रो सांगीतिक प्रस्तुति हेर्न पाउनु हुने छ,’ उनले भने।

त्यसो त आफ्ना हजुरबुवा कृष्णकुमार श्रेष्ठको प्रेरणाले सांगीतिक क्षेत्रमा पाइला अघि बढाएका सनिश भविष्यमा नेपाली संगीतका एक सशक्त नक्षत्र हुने संकेत मिलिसकेको छ।

दी भ्वोइसमा आगामी चरणमा प्रवेश गर्नका लागि भोट आवश्यक पर्ने भएकाले भोटिङ गरेर सहयोग पुर्‍याइदिन सनिशकी आमा जमुना ढकाल श्रेष्ठले आग्रह गरेकी छिन्।

सनिशलाई अघि बढाउन र हौसला प्रदान आमा जमुना र बुवा विजय श्रेष्ठ निरन्तर लागिरहेका छन्।

‘सनिशको लक्ष्यले सांगीतिक जगतमा योगदान पुर्‍याउने नै भएकाले अहिले हामीले हौसला प्रदान गर्नुपर्ने छ,’ जमुना भन्छिन्, ‘त्यसका लागि भोट गर्नुहुने सबैमा मेरो विशेष आभार छ, धन्यवाद छ, यो सहयोग जारी रहने अपेक्षा गरेकी छु।’

सनिशको भोटिङ कोड ०९ रहेको छ। १२ प्रतिस्पर्धीमध्ये ग्लोवल भ्वोइसमा सनिशको ब्लाइन्ड राउन्ड लै लै बोलको गीत मात्रै समावेश भएको थियो।

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल