Logo

साहित्य

दुई मुटु जोड्ने कसम, मेटेर शंका र भ्रम



काल्पनिक दोहोरी मुक्तक :

सन्तोष कुँवर


सन्तोष:
प्रिया तिमी मात्रा मेरो बन, म त तिम्रो भएपछि।
मैले आफ्नै बाटो रोज्छु, तिमी अन्तै गएपछि।।

कसरी म विश्वास गरू भन तिमी मेरै हौ भनेर।
मलाई छोडी सधैँभरि, तिमी पराइसँग रहेपछि।।

प्रेमिका:
म तिम्रै हुँ विश्वास गर मेरो राजा कोही छैन अरु।
तिम्रो बाहेक को नै छ र मेरो राजा कोही छैन अरू।।

विश्वासै विश्वासमा त अडिएको छ यो संसार।
यसै भन मेरै भर पर मेरो राजा कोही छैन अरू।।

सन्तोष:
मुखमा रामराम बगलीमा छुरा गर्ने हौ कि डर लाग्छ।
मलाई यता भुलाएर अर्कै कुर गर्ने हौ कि डर लाग्छ।।

बाचुञ्जेलसम्म सङ्गै हाँस्ने, जिउने, मर्ने भनेर नै रानी।
बुनेका ती हजार सपना गर्ने हौ कि अधुर डर लाग्छ।।

प्रेमिका:
हजारौं–हजार सपना पूरा गरी जीवन चलाउला।
सुख शान्ति हासो खुशी छरी जीवन चलाउला।।

यही सालमा लगन जुराई पञ्चेबाजा बजाउला।
चुरा पोते शिरको सिन्दुर भरी जीवन चलाउला।।

सन्तोष:
हासी खुशी सुखी जीवन चलाउला सानु।
दुःखसुख गरेर नै माया गराउला सानु।।

जुनी–जुनी सयौं जुनी हाम्रो चोखो मायालाई।
आँखा लाउनेलाई जरै काटी ढलाउला सानु।।

प्रकाशित : १९ कार्तिक २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: