Logo

समाचार

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरुले कुल आचार्यलाई दिए शुभकामना



काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्षहरुले आगामी विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी कुल आचार्यलाई सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

पूर्वअध्यक्ष शेष घलेले इमेलमार्फत शुभकामना दिँदै वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका आचार्यले गैरआवासीय नेपाली संघलाई अझै गतिशील बनाउन सफल हुने विश्वास व्यक्त गरेका हुन्।

सन्देशमा घलेले गैरआवासीय नेपाली संघलाई अझै व्यवस्थित र समयसापेक्ष हिँडाउनका लागि आचार्यजस्तै योग्य नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ।

गैरआवासीय नेपाली संघले विश्वभरिका नेपालीहरुलाई मुलुकको समृद्धि र आर्थिक विकासका लागि अध्यक्षका प्रत्याशी आचार्यले गरेको प्रस्ताव सकारात्मक भएको बताउँदै घलेले यसका लागि सहयोग गर्ने वचन दिएका छन्।

‘गैरआवासीय नेपाली संघलाई समयसापेक्ष अघि बढाउन सक्ने नेतृत्व आवश्यक छ, यसको विकल्प छैन,’ सन्देशमा भनिएको छ, ‘पछिल्लो चरणमा संगठनमा काम गरिरहेका सबै साथीहरुको मूल्याङ्कन गर्दा अध्यक्षको जिम्मेवारी तपाई (कुल आचार्य) ले लिनुभयो भने संगठन अझै सशक्त हुने हाम्रो विश्वास छ।’

त्यस्तै संघभित्र प्रभावशाली ठानिने अर्का पूर्व अध्यक्ष जीवा लामिछानेले पनि एक इमेल पठाउंदै आचार्यको उम्मेदवारीका लागि शुभकामना व्यक्त गरेका छन्।

विभिन्न देशको भ्रमणमा आचार्य

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षका प्रत्यासी आचार्य चुनावी अभियानमा सक्रिय छन् । आचार्यले कुवेत र बहराइन पुगेर त्यहाँ रहेका नेपालीहरुसँग छलफल गरे।

‘एनआरएनएको नवौं विश्व सम्मेलनको तयारीकै क्रममा कुवेत र बहराइनका साथीहरुसँग छलफल र भेटघाट गरेको हुँ,’ आचार्यले भने, ‘साथीहरुबाट हाम्रो अभियानलाई साथ दिन बचन पाएको छु, र उहाँहरुले काम पनि सुरु गरिसक्नु भएको छ।’

बिहीबार कुवेत पुगेका आचार्य शुक्रबार बहराइन गएर गैरआवासीय नेपाली संघका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरुसँग छलफल गरेका थिए।

‘धेरै पहिलेदेखि नै हामीले सहकार्य गर्दै आएका छौं, अब अझ सशक्त ढंगले अघि बढ्नु पर्ने आवश्यकता छ,’ आचार्यले भने, ‘विश्वव्यापी रुपमा साथीहरुको सहयोग र हौसला पाएको छु, जिम्मेवारी बढेको बोध भएको छ।’

अध्यक्षमा आचार्यलाई ‘सहज’

गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्वमा वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तबीच हुँदैछ।

पूर्वअध्यक्षहरु देवमान हिराचन, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले उपाध्यक्ष कुल आचार्यलाई अध्यक्ष बनाउन पहल गरिरहेका छन्।

‘पूर्वअध्यक्षहरु अभिभावकका रुपमा अगाडि आउनु भएको छ, संस्थालाई गतिशील र सुदृढ बनाउन सक्षम युवा नेतृत्वमा आउनु पर्छ भन्ने उहाँहरुको प्रष्टोक्ति छ, त्यसैले पनि अध्यक्षमा आचार्यलाई निकै सहज भएको छ,’ गैरआवासीय नेपाली संघका एक पदाधिकारीले भने।

प्रकाशित : १६ आश्विन २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल