Logo

मनोरञ्जन

उपत्यका स्तरीय तीज नृत्य प्रतियोगिताको उपाधि जेम्स् स्कूललाई



काठमाडौं – उपत्यका स्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिताको उपाधि जेम्स् स्कूलले जितेको छ। दिव्यज्ञान उच्च माविको आयोजनामा सम्पन्न नृत्य प्रतियोगितामा वनस्थलीस्थित जेम्स् स्कूलले एक सय पूर्णाङ्कमा ८५ अंक हासिल गरी उपाधि जितेको हो।

त्यसैगरी, एभीएम स्कूलले दोस्रो स्थान हासिल गरेको आयोजक विद्यालयका प्रिन्सिपल डम्बर कार्कीले जानकारी दिए। एभीएमका विद्यार्थीले प्रस्तुत गरेको नृत्यले ८० अंक प्राप्त गरेको थियो।

क्यानभास स्कूलले ७७ अंकका साथ तेस्रो स्थान हासिल गर्दा ७६ अंकका साथ एक्सेल पब्लिक स्कूलले सान्त्वना प्राप्त गरेको छ। प्रतियोगितामा २६ वटा स्कूल सहभागी थिए।

तीज विशेष नृत्य प्रतियोगितामा प्रमुख अतिथि गायिका इन्दिरा भट्टराईले यस प्रकारका कार्यक्रमले बालबालिकालाई सिर्जनशील क्षेत्रमा लाग्न प्रेरित गर्ने बताइन्।

‘नेपाली कला र संस्कृतिको दायरा ज्यादै फराकिलो छ, सांस्कृतिक र सांगीतिक क्षेत्रलाई जोडेर मुलुककै उन्नतिमा योगदान दिन सकिन्छ,’ गायिका भट्टराईले भनिन्।

दिव्यज्ञान स्कूलका प्रिन्सिपल कार्कीले शैक्षिक क्षेत्रमा आफुले अलग्गै छाप बनाउन चाहेको बताए। ‘अरु विद्यालयले अंग्रेजी भाषाको अध्ययन र अध्यापन गराउँछन्, तर मैले शैक्षिक रुपान्तरणका लागि सिर्जनशील कार्यक्रम गर्दै आएको छु,’ उनले भने।

विद्यार्थीको सिर्जनशीलता अभिबृद्धि गर्नका लागि यस किसिमका प्रतियोगिता सहयोगी हुने धारणा निर्णायक एवम् कलाकार श्रीदेव भट्टराईको छ। नायक भट्टराई र कलाकार जुना राईले निर्णायकको भूमिका निभाएका थिए।

\

प्रकाशित : १२ भाद्र २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल