Logo

पत्र-पत्रिका

किन ‘कर्मभूमि’ बन्न नसकेन जन्मभूमि?



शोभा काफ्ले खतिवडा


किन रोज्छन् सोचौं हाम्रा युवाले
अमेरिका यूरोप र अन्य राष्ट्र सधैँ
राष्ट्र लगानी गर्छ जनतालाई
तर राष्ट्र बन्छ सधैँ युवा शक्तिविहीन नांगै।

शायद देश हाक्नेको अबुझ पन हो कि या हो
पराइ मुलुकको समृद्धि र विकास नै कारण?

किन होला टिक्न सक्दैनन् युवाहरु
जन्मेको भूमि जीनवभरि नै अझै,
कसरी दिने देशमोह र राष्ट्र समृद्धिको योगदानमय शिक्षा सबै!

देशमा सहजता नभएर हो कि या हो
विदेशमा देख्छन् सहजता धेरै!
या देशले नै जानीजानी देशलाई
युवाविहीन बनाएको हो यस्तै!

किन भाग्छन् जन्मभूमि छाडी
युवाहरु त्यो पराइ भूमिमा,
के खोज्न जान्छन् हरेक मानिस
अरुले समृद्ध बनाएको पराइ देशमा?

राम्रो पनि कतै देखिन्न किन होरु
यो युवाविहीन घर र देश उजाड
समृद्धिको पाटो र विकास अधुरो
ज्ञान युवाहरुकै अभावको भेष!

ज्ञानका दीपक कतै बल्दैन्न किन
यस धरामा आज भोलि
बहादुर छातीहरु पनि भेटिन्नन्
भूमिमा वीरता हराएझैँ गरी!

युवाको ज्ञान नपाउँदा सुन्य छन्
हरेक माटो र खेतका गह्राहरु,
विकास दह्रिलो चाखेका छैनन् झैं
देखिन्छन् हरेक धराहरु बरु।

कसरी र किन होला नि टिक्दैन्न
युवा शक्ति यस भूमिमा आजकल?
चाहना नै राख्दैन्न किन कर्म पोख्न
जन्मिएको यो माटो र जन्मभूमिमा!

जन्म दाताहरु एक्लो निरस जीवन
शुन्यमा हरपल बिताउँछन बाटो हेर्दै
सन्तान पराई भूमिमा कर्म पोख्न
किन होला कति उद्धत र बाध्य छन्!

यसको निधान सहज लगाओस् अब
राज्यको सारा तागत र बौद्धिक संयन्त्रले,
कारण के के हुन पत्ता लगाओस् सारा
यो कुरा हाम्रो सत्ता संसद र मुलुकले!

युवाको चाहना र मनलाई रोक्ने
सुबिधा सारा जुटाओस् मुलुक,
विज्ञानमा विकास, उर्जामा चमत्कार
गरेर बढाओस् शान यस देशमा!

घुम्न जगत जाउन, ज्ञान छर्न परराष्ट्र धाउन
जानेको कुटनीतिक मर्यादा र शानले,
नेपालको गरिमा समुन्नत पारुन् अब
विश्वमा नेपाली गौरवमय अभिमानले!

शिक्षा आर्जन गराओस् देशले
कर्म गराओस् हर युवा जोसको,
नयाँ, नौला आविस्कार गराउनलाई
भूमिका सुम्पियोस् राज्य सम्यन्त्रले!

युवाले सजियोस् यो मेरो देश अनि
ज्ञानले भरियोस देशमा युवाको जोश
पौरख पोखेर समृद्ध बनोस् जन्मभूमि
विकासका पथले धरा बलियो बनोस्।

प्रकाशित : २१ श्रावण २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: