Logo

आर्थिक

वर्ल्डलिंकले ल्यायो आकर्षक अफर: अब हरेक टिभीमा यूट्युब



काठमाडौं – नेपालको इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले ‘अब हरेक टिभीमा यूट्युब’ नामक नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको छ।

यस सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टिभीमार्फत नै साथीहरु र सपरिवार यूट्युबको भरपुर फाइदा प्राप्त गर्न सक्नेछन्।

यो सुविधा स्मार्ट टिभीमा र ननस्मार्ट वा सिआरटी टिभीमा पनि उपलब्ध छ। नेटटिभीले आफ्ना ग्राहकवर्गका लागि ८० भन्दा बढी एचडी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीको सुविधा प्रदान गरिरहेको छ।

वर्ल्डलिंककी काँकरभिट्टा ब्राञ्च इञ्चार्ज अनु बिष्टले नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्ट मात्र नभई आफुलाई मनपर्ने कन्टेन्टहरु यूट्युबमार्फत हेर्न सक्ने बताइन्।

यो सुविधा प्रयोगकर्ताहरुले युट्युब स्क्रिनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्ने उनले बताइन्। ‘नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा प्रयोग गर्नका लागि एकदमै सजिलो रहेको छ,’ उनले भनिन्।

यो अफर नेपालभर रहेका वर्ल्डलिंकका सम्पूर्ण ग्राहकका लागि उपलब्ध रहेको वर्ल्डलिंकले जनाएको छ। पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्डलिंकको शाखाबाट साटेर प्रिमियम सेवाको सुविधा पाउन बताइएको छ।

प्रकाशित : ७ श्रावण २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल