Logo

विचार

मैले झोलाभरि संघर्ष बोकेको छु



अतीत अधिकारी


मैले झोलाभरि संघर्ष बोकेको छु
यसर्थ मेरो झोला अलि अजीव देखिन्छ
जब म मातृमुलबाट टुसाउँदै थिएँ
त्यसै दिनदेखि नै मैले झोला बोकेको हुँ।

म जन्मँदाखेरिका
राहु र केतुका प्रतिच्छेदित बिन्दुहरु
नक्षत्रहरुका निलौँ रेडिएशन र तरङ्गहरु
झोला भरि–भरि बोकेर आएको हुँ
एक भगण पूर्तिकालबाट
अर्को भगण पूर्तिकालसम्मको मध्यान्तरमा नै
मैले झोला बोकेको हो।

तसर्थ मेरो झोलाभरि
निलौँ ग्रह, उपग्रह र नक्षत्रका
परावर्तित र प्रशारित प्रोटोनहरु छन्
त्यसपछिको मातृ वात्साल्य पनि
मेरो झोलाभरि छ।

मैले झोलाभरि आमाको दूध, रगत, पसिना र
वेदना बोकेको छु
अनि अर्को कुरा,
मैले झोलाभरि जिम्मेवारी बोकेको छु
हजारौं दिललाई खुवाउने
पोषणयुक्त शिक्षा बोकेको छु
एउटा अध्यायको पटकथा बोकेको छु

माया, प्रेरणा, शील, इलम, कर्म, लक्ष्य, तपस्या
सबै नै बोकेको छु
सबैभन्दा महत्वपूर्ण कुरा त,
मैले मेरो झोलाभरि
ईश्वरको सबैभन्दा अनुपम आशीर्वाद बोकेको छु
मेरो सपना बोकेको छु।

प्रकाशित : ४ फाल्गुन २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल