Logo

समाचार

स्कुल गएका दुई दिदीबहिनीसहित तीन बालिका बेपत्ता



सुर्खेत, १४ पुस – पुस १० गते विद्यालय गएका तीन जना बालिकाहरु वेपत्ता भएका छन्। सिम्ता गाउँपालिकाका–५ आलीमा स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु मंगलबारदेखि हराएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता ९ खानिखोला स्थायी घर भएका १४ वर्षीया निशा सिंह ठकुरी, १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिसिमा खत्री सम्पर्कविहीन हुन्।

निशाकी आमा भगवती सिंहले १० गते दिउँसो १ बजे कापी बिर्सियो भनेर घर आएको छोरीहरुको हालसम्म अत्तोपत्तो नभएको बताइन्। ‘निसासँगै यमुना र रिसिमा पनि घर आएका थिए,’ उनले भनिन्, ‘कापी लिएर विद्यालय गएकी छोरी सम्पर्कमा आइन।

स्कुल गएका छोरीहरु बेलुकी घर नआएपछि आफन्तले खोजी गरेका थिए। खोजतलास गर्दा नभेटिएपछि प्रहरी चौकी आलीमा खोजीदिन पुस १२ गते निवेदन दिएका थिए।

स्कुल पढाएका छोरीहरू एकाएक यसरी गायव हुँदा अनौठो र अचम्म लागेको यमुना खत्रीकी आमा दीपा खत्रीले बताएकी छिन्।

प्रकाशित : १४ पुस २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल