Logo

शिक्षा

सगरमाथा आरोही लुइटेलको नाममै छात्रवृत्ति कोष स्थापना, कसले पाउछन् सुविधा?



अमेरिका – सगरमाथा आरोही अनिश लुइटेलका नाममा संयुक्त राज्य अमेरिकाको एउटा संस्थाले छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ।

डिसेम्बर ५ र ६ गते अमेरिकामा नर्थन स्टार काउन्सिल ब्वाई स्काउट अफ अमेरिकाले आयोजना गरेको मिलियन डलर डे फण्ड रिसिङ इभेन्टमा सहभागी अनिशका नाममा छात्रवृति स्थापना भएको हो।

यसै वर्ष तिब्बती मोहडाबाट सगरमाथा सफल आरोहण गरेका झापाका युवा अनिशले उक्त कार्यक्रममा स्काउटका विषयमा सम्बोधन गरेका थिए।

अनिशको सम्बोधनको कदर स्वरुप आयोजक संस्थाले छात्रवृति स्थापना गरेको हो। अमेरिकामा स्काउटसम्बन्धी क्यापमा जान खर्चिलो हुने भएकाले अनिशको नाममा स्थापना भएको छात्रवृति प्राप्त गर्नेले सो क्यापमा निःशुल्क सहभागिता जनाउन पाउने छन्।

उत्कृष्ट हुने स्काउटलाई लाग्ने सम्पूर्ण खर्च छात्रवृति स्थापना गर्ने संस्थाले नै व्यहोर्ने छ। दोश्रो पटक सफल आरोहण गरेका उनले पहिलो पटक २०७२ सालमा नेपालको संविधान सगरमाथाको शिखरमा पुर्याएका थिए।

अनिशले नेपालको राष्ट्रिय झण्डा, स्काउट लोगो, शिखरमा पुर्याएका थिए। उनी नेपाल स्काउटका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पनि हुन्। उनले कार्यक्रममा प्रमुख वक्ताको रुपमा ५ सयभन्दा बढी सहभागीका बीचमा उनले प्रस्तुति दिएका थिए।

प्रकाशित : १४ पुस २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल