Logo

समाचार

कतै ठोकिन्छ फ्यास्स जान्छ हतार हो जिन्दगी



रञ्जिता पोखरेल दाहाल


गजलः

दौडनु छ गन्तव्यतर्फ रफ्तार हो जिन्दगी।
कतै ठोकिन्छ फ्यास्स जान्छ हतार हो जिन्दगी।

घुमेका छन् बाटाहरु, साँघुरा छन् गल्ली पनि,
हार्दैजित्दै अघि बढ्ने कतार हो जिन्दगी।

रञ्जिता पोखरेल दाहाल

परिभाषा आ–आफ्नै, लक्ष्य र बाटो पनि आफ्नै,
आफूभित्र डुबेर त हेर झन्कार हो जिन्दगी।

संसार स्वार्थी छ, हिँड्नु छ लक्ष्यमा पुग्नलाई,
सदाबहार बजिरहने सितार हो जिन्दगी।

माया बाडौँ, सद्भाव र खुशी पनि बाडौँ,
जस्तो कोर्यो त्यस्तै बन्ने आकार हो जिन्दगी।

गाईघाट उदयपुर, हालः मैतीदेवी, काठमाण्डौं

प्रकाशित : २ मंसिर २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल