Logo

विश्व

सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता



वासिङटन, १६ कात्तिक – अमेरिका र चीनका राष्ट्रपतिबीच व्यापार विवादका बारेमा कुराकानी भएको छ ।

लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङ बीच लामो समयपछि सकारात्मक कुराकानी भएको समाचारमा जनाइएको छ ।

“राष्ट्रपति सि जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भयो । हामीले धेरै विषयमा कुराकानी गर्यौं, तर विषेश जोड भने व्यापारका विषयमा नौ भयो,” ट्रम्पले ट्विट गर्नुभएको छ ।

सी जिनपिङ र डोनाल्ड ट्रम्प।

उहाँले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडी बढेको जानकारी दिँदै जि ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने बताउनुभयो ।

जि ट्वान्टी शिखर सम्मेलन यही महिनाको अन्त्यमा अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा हुने तय भएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रकाशित : १६ कार्तिक २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल