Logo

राजनीति

अलबिदा! काँग्रेस नेता बास्तोलाको निधन



काठमाडौँ, २७ असोज – लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो ।

नेता बास्तोला।

विसं २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित हुनुहुन्थ्यो । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत हुनुहुन्थ्यो ।

बिपी कोइरालाको प्रेरणाले २०१७ सालबाट राजनीतिमा लाग्नु भएका बास्तोला विसं २०३० सालको चर्चित विमान अपहरण प्रकरणका सदस्य पनि हुनुहुन्थ्यो।

प्रकाशित : २७ आश्विन २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल