Logo

राजनीति

सभापतिका लागि १–१ जनाको मात्र उम्मेदवारी



काठमाडौं – संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी परेको छ।

संघीय संसदको बैठक।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का र शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीको उम्मेदवारी परेको छ।

सभापतिमा उम्मेदवारी दिनेमध्ये आठ जना नेकपाका सांसद हुन्। श्रीवास्तव सङ्घीय समाजवादी फोरम र शाह नेपाली काङ्ग्रेससँग आबद्ध हुन्।

सभापति पदमा उम्मेदवारी दिनका लागि आज बिहान ११ देखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरिएको थियो। दश वटै विषयगत समितिका सभापति शुक्रबार बिहान ११ बस्ने तत् समितिको बैठकले निर्वाचित भएको घोषणा गर्ने छ।

प्रकाशित : ४ आश्विन २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल