Logo

विश्व

सडक किनारमा रहेको बम विस्फोटः ८ जनाको मृत्यु



काबुल , १५ साउन – अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ।

यसमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

​​​​​​​

आतङ्ककारी समूहले सडकको किनारका जडान गरेर राखेको सो बम एक यात्रुवाहक बससँग ठोक्किँदा सो हताहत भएको हो। यस विस्फोटको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन।

यस विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा नलिएको, तर यस प्रकारको विस्फोट बारम्बार तालिवान आतङ्ककारी समूहले गराउँदै आएको हुनाले हाल पनि सोही समूहको हात रहेको प्रहरीको दाबी रहेको छ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल