Logo

समाचार

सत्याग्रही डा. केसीको समर्थनमा देशैभर लाखौं नागरिक जुट्दै, यस्तो छ कार्यक्रम



काठमाडौं – प्रा.डा. गोविन्द केसीको सत्याग्रहप्रति समर्थन जनाउँदै शनिबार काठमाडौंमा विशाल जनप्रदर्शन हुने भएको छ।

सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सको संयोजनमा काठमाडौंमा प्रदर्शन हुने भएको हो। र्याली र प्रदर्शनमा लाखौं नागरिकको सहभागिता रहने विश्वास लिइएको छ।

प्रा.डा. गोविन्द केसी ऐक्यवद्धता सञ्जालले शुक्रबार विज्ञप्ति प्रकाशित गरी शनिबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा विशाल प्रदर्शन गरिने जनाएको हो।

‘खड्गप्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीय रूपमा क्रुरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौं ल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर सरकारले यसबाट उत्पन्न परिस्थितिको समाधानका लागि वार्ताप्रति गम्भीर भएको देखिने कुनै काम गरेको छैन।’

​​​​​​​

​​​आम नागरिकलाई सस्तो तथा सुलभ ढंगले स्वास्थ्य शिक्षा तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले डा. केसीले जारी राखेको सत्याग्रहमा ऐक्यवद्धता जनाउन तथा केसीका माग पूरा गराउन सरकारलाई दबाब दिनका लागि देशभर बृहत् नागरिक प्रदर्शनी तथा आमसभाहरू हुने जनाइएको छ।

सञ्जालका तर्फबाट अभिन्यता प्रितम सुबेदीले जारी गरेको विज्ञप्तिमा शनिबारको कार्यक्रममा नेपाल चिकित्सक संघ लगायतका विभिन्न संस्थासँग पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तथा कल्याण श्रेष्ठ, मानवअधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, डा. देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, प्राध्यापक सुरेन्द्र लाभ लगायतका सामाजिक अभियन्ता डा. केसीको सत्याग्रहका ऐक्यवद्धता जनाउन आउने जनाइएको छ।

प्रकाशित : ४ श्रावण २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल