Logo

समाचार

ताप्लेजुङका ७४ आरोहीलाई सम्मान गर्दै रबिन्द्र अधिकारी र योगेश भट्टराईले भने…



काठमाडौं – ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ।

ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा आरोहण गर्ने ४३ जना गरी ७४ आरोहीलाई सम्मान गरिएको हो।

​​​​​​​

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको पर्यटन विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउँदै त्यहाँको पर्यटन विकासका लागि पाथिभरा र सुकेटार विमानस्थलको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

निकट भविश्यमा नै मन्त्रालयले छ वटा साना विमान ल्याउने तयारी गरेको जानकारी दिँदै उनले सोही अनुरुपको पूर्वाधार विकासका लागि मन्त्रालय अध्ययनरत् रहेको स्पष्ट पारेका छन्।

मन्त्री अधिकारीले भने, ‘मुलुकमा अब राजनीतिक बहस होइन, आर्थिक बहसको आवश्यकता छ।’

​​​​​​​

प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले प्राकृतिक रुपमा भरिपूर्ण ताप्लेजुङ विकासको दृष्टिकोणले निकैपछि परेको उल्लेख गर्दै ताप्लेजुङको विकासका लागि त्यहाँको पर्यटन क्षेत्रको विकास र विस्तार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्।

नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले पर्यटन क्षेत्रको विकासका लागि समयसापेक्ष नीति बनाउनुपर्ने बताएका छन्।

कार्यक्रममा हिमाल आरोहण गर्नका लागि तालीम सञ्चालन गरी सहयोग गर्ने ३२ संस्थालाई पनि सम्मान गरिएको थियो।

प्रकाशित : २९ असार २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल