Logo

समाचार

मुस्ताङमा मजदुर चढेको टिपर दुर्घटना हुँदा १५ जना मजदुरको मृत्यु, १७ जना घाइते



​​​​​​​

मुस्ताङ, २२ असार – मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा संलगन मजदुर चढेको टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा कालीगण्डकी कोरिडोर सडकमा काम गर्ने मजदुर चढेको टिपर दुर्घटना हुँदा ४ जना महिला र ११ जना पुरुषको मृत्यु भएको हो।

मजदुर चढेको बा२क २२१९ नम्बरको टिपर दुर्घटनामा परेको हो। दुर्घटनामा १७ जना घाइते भएका छन्। जसमध्ये १२ जना जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरूको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ।

प्रकाशित : २२ असार २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल