Logo

राजनीति

‘केपी ओली सरकार माफिया र भ्रष्टहरुको, डा. गोविन्द केसी गरीव जनताका पक्षमा’



​​​​​​​

काठमाडौं – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले केपी ओली नेतृत्वको सरकार शोषक सामन्तका पक्षमा उभिएको आरोप लगाएकी छिन्।

सार्वजनिक सरोकार मञ्चले मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले प्रा.डा. गोविन्द केसी र गंगामाया अधिकारीको आवाज दबाउन खोजेको टिप्पणी गर्दै सरकारको नियतमाथि गम्भीर सवाल उठाएकी हुन्।

कार्कीले केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्त व्यापारीलाई सहयोग गरेको कार्कीले बताएकी हुन्। उनले प्रा.डा. केसीका माग सम्बोधन गर्न चेतावनी दिएकी छिन्।

उनले माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाउने सरकारी निर्णयको कडा शब्दमा आलोचना गरेकी छिन्। डा. गोविन्द केसीले गरीब जनताका छोराछोरीका पक्षमा लडिएको स्मरण गर्दै कार्कीले भनिन्, ‘गरीबका छोराछोरीले गरीब जनताको लागि लड्नु नाजायज हो?’

प्रधानन्याधीश कार्कीले सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएर सामन्ती चरित्र देखाएको टिप्पणी गरिन्।

पूर्वप्रधानन्यायधीश कार्कीसहित त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनीतिक विश्लेषक दुर्गा सुवेदीलगायतका नागरिक अगुवाहरुद्वारा जारी प्रेस वक्तव्यमा मानवअधिकारको अवस्थालाई ख्याल गर्दै तत्काल प्रा.डा. केसीका माग सम्बोधन गर्न चेतावनी दिइएको छ।

केपी ओली नेतृत्वको सरकार जनताको नभएर माफिया र भ्रष्टहरुको भएको टिप्पणी पत्रकार सम्मेलनमा वक्ताहरूले गरेका थिए।

प्रकाशित : १९ असार २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल