Logo

राजनीति

सरकारमाथि रवीन्द्र मिश्रको प्रहार, ‘तिमीहरू कम्युनिष्टका नाममा कलंक हौं’



काठमाडौं, १८ असार – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले वर्तमान वामपन्थी सरकारको नियतमाथि सीधा प्रश्न उठाउँदै कम्युनिष्टका नाममा कलंक भएको आरोप लगाएका छन्।

सोमबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै संयोजक मिश्रले असल भनिएका केही नेतालाई पनि आफ्नो उपस्थितिको औचित्य पुष्टि गर्न चेतावनी दिएका छन्।

मिश्रले लेखेका छन्, ‘नेता र नेता पत्नि बिमारी भए दिल्ली र सिंगापुरमा उपचार। अनि न्यायको भिख माग्ने गंगामाया अनि तराई, पहाड, हिमालका विपन्न जनताको स्वास्थ सेवाका लागि निःस्वार्थ लड्ने डा. गोविन्द केसीलाई चाहिँ तिमीहरू मार्न चाहान्छौं? धिक्कार छ, तिमीहरूलाई। तिमीहरू कम्युनिष्टको नाममा कलंक हौं।!’

साथै संयोजक मिश्रले असल भनिएका नेताहरुमाथि पनि प्रश्न सोझ्याएका छन्। उनले प्रश्न गरेका छन्, ‘कहाँ छन् खुब असल भनिएका लालबाबु पण्डित, गोकर्ण विष्ट र रबिन्द्र अधिकारीहरू? के निन्द्रा त लाग्छ तपाईहरूलाई आजभोलि?’

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: