Logo

खेलकुद

निशाना नेयमारः यसरी भयो ब्राजिलको खेल प्रभावित



काठमाडौं – सन् २०१४ को विश्वकप फुटबल प्रतियोगितामा विपक्षी खेलाडीको सीधा आक्रमणबाट नली खुट्टा नै भाँचिएपछि ब्राजिलका स्टार खेलाडी नेयमारले ३–४ महिना विश्राम नै गर्नुपर्यो।

त्यसपछि पनि धेरै खेलहरू नेयमारविरुद्ध लक्षित रहे। आफू राम्रो खेल्नुभन्दा नेयमारलार्इ चोट पुर्याउनमै धेरै विपक्षी खेलाडी उद्दत देखिन्छन्।

रूसमा जारी विश्वकप फुटबल प्रतियोगिताको पनि खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेयमार पटक–पटक स्वीट्जरल्याण्डका खेलाडीको निशानामा परे।

ब्राजिल स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भए। कारण नेयमारमाथि लगातारको अाक्रमण थियो। उनी स्वीट्जरल्याण्डका खेलाडीको तारो बनिरहे।

९० मिनेटको खेल अवधिमा नेयमारमाथि १० पटक फउल भयो। जारी विश्वकपमा यति धेरै फउल भएको यो पहिलो रेकर्ड हो।

प्रकाशित : ४ असार २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल