Logo

राजनीति

तरुण दलले कसरी सम्पन्न गर्यो प्रशिक्षणको महाअभियान?



काठमाडाैं, २० जेठ – नेपाल तरुण दल केन्द्रीय समितिले सञ्चालन गरेको तरुण प्रशिक्षणको महाअभियान सफलतापूर्वक सप्पन्न भएको छ।

निर्वाचनपछि निरास बनेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता र तरुण युवाहरुलार्इ प्रशिक्षणको महाअभियानमार्फत हौसला र उर्जा दिएको तरुण दलले जनाएको छ।

फागुन २२ देखि २४ गतेसम्म नगरकोटमा जिल्ला अध्यक्षहरूको एेतिहासिक राष्ट्रिय भेला सम्पन्न गरेको तरुण दलले चैत्र २५ गते झापादेखि धनगढीसम्म वैशाख ३१ गतेसम्म प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।

यसैगरी, नेपाली कांग्रेसकै इतिहासमा पहिलो पटक देशैभरी एकैपटक  एकैदिन जेठ ५ गते केही जिल्ला बाहेक प्राय सबै जिल्लामा प्रशिक्षण कार्यक्रम अायोजना गरेको थियो।

तरुण दलले गरेको उक्त एेतिहासिक अभियानकाे पार्टीसँगै शुभचिन्तकले पनि प्रशंसा गरेको जनाइएको छ। तरुण दलको कार्यक्रममा सहभागी हुन कांग्रेस नेताहरुलार्इ भ्याइनभ्याई भएको थियो।

प्रशिक्षणको महाअभियान अन्तर्गत जेठ १२ गते सबै गाउँ र नगरपालिका र जेठ १९ गते सबै वडामा एकैदिन एकैपटक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताएका छन्। नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले तरुण प्रशिक्षणको महाअभियान भव्य रूपमा सफल भएको जनाए।

शाहीले अब तरुण दलले कम्युनिष्ट सरकारका गलत क्रियाकलापको भणडाफोर गर्ने पनि उल्लेख गरे। ‘नेपाली कांग्रेसलाई ५ वर्षपछि मुलुकको ठुलो पार्टी बनाउन तरुण दल सशक्त भएर लाग्ने छ,’ उनले भने। असारबाट थप कार्यक्रम घोषणा गरेर जाने तरुण दलले प्रष्ट पारेको छ।

प्रकाशित : २० जेष्ठ २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल