Logo

राजनीति

फोरम अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले लिए शपथ, दुई मन्त्रीको बढुवा



​​​​​​​

काठमाडौं, १८ जेठ – नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

यसअघि उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्री थिए। मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना राज्यमन्त्री थिए। यादव र पोखरेल यसअघि पनि उपप्रधानमन्त्री रहिसकेका थिए।

शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले आजै यादव र राईलाई मन्त्रीमा नियुक्त तथा बाँस्कोटालाई राज्यमन्त्रीबाट बढुवा गरेकी हुन्।

नवनियुक्त उपप्रधानमन्त्री यादव र राई संघीय समाजवादी फोरम नेपालसँग तथा बाँस्कोटा नेकपासँग आबद्ध छन्। यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए।

प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल