Logo

राजनीति

‘नेपाली तोपसँग खुकुरीले लडेर जीत हासिल गरेको जाति हो’



प्रधानमन्त्री तथा अन्य अतिथिहरू।

काठमाडौं, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिने बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषदको १७औं सचिवालय बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। ओलीले कहिले जनताका नाममा, कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर नबस्ने बताएका छन्। ओलीले  भने, ‘राष्ट्रअघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनुपर्छ।’

ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रूत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताएका छन्। ‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो,’ ओलीले भने, ‘कसैले षडयन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं।’

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै ओलीले भने, ‘यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो।’ प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताएका छन्।

प्रधानमन्त्री ओलीले नेपाली तोपसँग खुकुरीले लडेर जीत हासिल गरेको जाति भएको स्मरण गराए। ‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्दछ,’ ओलीले भने, ‘भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुँदैन।’

ओलीले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धि धारणालाई समयअनुकुल ढंगले अघि बढाउने तयारी गरेको बताएका छन्। ‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं,’ उनले भने, ‘दासता नस्वीकारेका र पराधिन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ।’

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायतको उपस्थिति थियो।

प्रकाशित : २४ बैशाख २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल