Logo

स्वास्थ्य

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दा परिवारका अन्य सदस्यलाई कसरी जोगाउने ?


१० फाल्गुन २०७७, सोमबार


– परिवारमा एकभन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै जना सँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ।

– ज्वरो आए, खोकी लागे, पखाला चले, प्यारासिटामोल, खोकी कम गर्ने औषधी, जीवन-जल बाहेक अरू औषधी (विभिन्न थरी भिटामिन, जिङ्क, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक) कि हानीकारक छन्, कि अनावश्यक छन्।

– सबै पोजिटिव हुनेले गर्नैपर्ने मुख्य कुरा भनेको अक्सिजन स्याचरेशनको निगरानी नै हो। दिनमा २-३ पटक जति स्याचरेशन हेर्नुपर्छ। यो कालोबजारीको बेला सबैले पल्स अक्सिमिटर किन्न सम्भव छैन, त्यसैले हरेक टोलमा १ पल्स अक्सिमिटरको जोहो गर्ने अभियान चलाउनुपर्ने देख्छु म। एउटै मेशिनलाई निसंक्रमण गर्दै घरघरमा लगेर टोलभरिकाले प्रयोग गर्न सकिन्छ।

– मैले देखेको मुख्य समस्या संक्रमितको सम्पर्कमा आएका परिवारका अरू सदस्य पनि एक अर्कासँग छुट्टाछुट्टै बस्नुपर्ने, तर त्यसो नगरी आपसमा घुलमिल भएरै बसेका हुन्छन्। त्यसो गर्दा यदि एकजना सम्पर्क व्यक्तिलाई संक्रमण सरेको रहेछ भने अरूलाई पनि सर्ने खतरा हुन्छ। यसरी घरभरि, टोलभर संक्रमण फैलिँदैछ।

– सम्भव भएसम्म छुट्टाछुट्टै कोठामा क्वारेन्टाइन बनाइ बस्नुपर्छ, जुन अधिकांश नागरिकलाई असम्भ जस्तै छ। त्यसैले समस्या हुनेलाई समुदाय/राज्यको क्वारेन्टाइन/आइसोलेशनको लागि ठाउँ जुटाइदिने दायित्व छ। महामारी फैलिन नदिन राज्यले गर्न सक्ने लगानीको अनुपातमा प्रतिफल सबैभन्दा बढी हुने काम मध्येपर्छ।

– यदि कोठाको वा सामुदायिक क्वारेन्टाइनको अभावले छुट्टाछुट्टै कोठामा बस्न सम्भव छैन भने के गर्न सकिन्छ? वा एक्लै कोठामा थुनिएर बस्न नसक्ने साना केटाकेटीलाई के गर्ने? सजिलो छैन यस्तो अवस्थामा। छुट्टाछुट्टै बस्न गाह्रो हुने (जस्तै सानी नानी र आमा, वा स्थानाभावले एउटा कोठैमा बस्नुपर्ने अरू)ले तुरुन्तै पिसिआर गर्ने, ताकि कसैको पिसिआर पोजिटिव रहेछ भने पहिले नै थाहा होस्। यदि दुवैको नेगेटिभ आए एउटै कोठामा पनि मास्क लगाएरै (नानीले बाहेक), दूरी कायम गरेर बस्ने। (सानी नानीलाई एक जना अभिभावकसँग मात्र बस्न फकाउने।) अनि ८-१० दिनमा फेरि पिसिआर दोहोर्‍याउने।

– छुट्टै क्वारेन्टाइन गर्न पाउनेले चाहिँ लक्षण देखिएमा तुरुन्तै, नत्र छुट्टै बस्न थालेको ८-१० दिनमा एक पटक पिसिआर गरे हुन्छ।

– अर्को समस्या खाना खाँदा देखेको छु। प्राकृतिक मानवीय गुणले होला छुट्टाछुट्टै बस्नेले पनि खाना खाँदा चाहिँ सँगै वा पहिलेभन्दा साना समूहमा (जस्तै बा-आमा, छोरा-बुहारी) खान बसेको देखेको छु। खाना खाँदा पालैपालो एक्लै जाने, पस्कने, खाने गर्नुको विकल्प छैन।

– शौचालय एउटै छ भने नि?

भेन्टिलेशन नहुने ठाउँमा पालैपालो जाँदा पनि हावामा तैरिरहेका एरोसोलबाट धेरै जना संक्रमित हुने डर हुन्छ। त्यसैले शौचालयमा पुरै समय सबैले मास्क लगाउनु पर्छ। सानै झ्याल छ भने पनि बिचबिचमा खोल्ने गर्नुपर्छ। कतिले फ्लश गर्दा कमोडको ढक्कन बन्द गर्न पनि सल्लाह दिन्छन्। धाराका टुटी वा जगका ह्यान्डललाई पनि साबुन पानीले धोएर पखालौं। फरक तौलिया प्रयोग गरौं।

– जाडो नहुने बेला कोठाका झ्यालहरू खोलेर राखौं। अरू बेला के बिचार गर्नुपर्छ भने कुनै पनि समयमा एकै कोठा वा स्पेशमा मास्क नलगाई २ जना वा बढी मान्छे बस्नु हुँदैन।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: