काठमाडौं – आफ्नै मामा स्व. दीपक रायमाझी निर्देशित चलचित्र ‘युगदेखि युगसम्म’वाट फिचर फिल्ममा प्रवेश गरेका हमालले पहिलो चलचित्रबाटै अत्याधिक चर्चा पाए।अभिनयमा प्रवेश गर्नुअघि भारतबाट प्रकासित फेशन नेट म्यागजिनमा उनले फोटो शेसन गरेका थिए भने काठमाडौमा सम्पन्न केहि फेशन शोमा र्याम्प मोडलिङ समेत गरेका थिए।
१७0 बढी चलचित्रमा अभिनय गरेका हमाल पछिल्लो समय अभिनयमा त्यति सक्रिय छैनन्। एक समयका सर्वाधिक चर्चित नायक मानिने हमालका तारिफ पाउने खालका चलचित्र सार्है थोरै छन्।
केही महिलाहरुसँग उनको नाम जोडिएपनि उनको प्रेमप्रसंगको चर्चा त्यति भएन। ५० वर्षको उमेरमा उनले मोडल मधु भट्टराईसँग प्रेमविवाह गरेका थिए।
सानैबाट सुख सयलमा हुर्केका हमाल खासै पैसाको उनले दुख गर्नु पर्ने अवस्था थिएन। किनकि उनी राम्रो आर्थिक अवस्था भएको परिवारमा थिए। पहिला वर्षमा एक पटक घुम्नलाइ अमेरिका र बेलायत जाने हमल अहिले भने खासै जादैनन्।
कति छ राजेश हमालको सम्पति ?
कलाकारितामा निकै पोख्त राजेश हमाल नेपालीका प्रिय नायक हुन्। उनलाई दर्शकले माया गरेर राजेश दाइ नामले बोलाउछन् भने सबै नेपालीले महानायकको उपाधि समेत दिएका छन्।
अहिले फिल्म क्षेत्रमा निकै कम क्रियाशील भएका उनी विभिन्न स्टेज कार्यकर्म, कुइज़ कार्यक्रम, र समाज सेवा जस्ता कार्यमा ब्यस्त देखिन्छन्। तर पनि उनले विभिन्न ठाउँबाट गरेर महिनाको लगभग ५ देखि ६ लाख सम्म कमाउने गरेको विभिन्न माध्यमले जनाएका छन्।
त्यस्तै उनको सम्पतिको कुरा गर्दा ५० मिलियन भन्दा धेरै रहेको छ। जुन नेपाली ६ अर्ब भन्दा धेरै हुन्छ। त्यस्तै उनको किआ स्पोर्टेज कार रहेको छ जसको नेपाली मूल्य भने ९० लाख भन्दा माथि पर्न जान्छ।
यसका साथै उनको धेरै नै सम्पति रहेको र उनी नेपालका सबै भन्दा धनी कलाकारको नम्बर १ मा पर्ने गर्छन्।







प्रतिक्रिया